काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो ।
बैंकले शेयर धनीलाई चुक्ता पूँजीको ४ प्रतिशत नगद लाभांश दिने भएको छ । यो लाभांश करसहित हो । कुल ५६ करोड ३५ लाख रुपैयाँ बराबरको लाभांश प्रदान हुने बैंकले जनाएको छ ।
आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले यो लाभांश पाउनेछन् । यसअघि कम्पनीले ४.२१ प्रतिशत नगद नै लाभांश प्रदान गरेको थियो । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२० रुपैयाँ छ ।