काठमाडौं । सशस्त्र प्रहरी बलका एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल २९ नं. गण हेडक्वार्टर दाङबाट राजीनामा दिएका इन्सस्पेक्टर छविलाल कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आफूमाथि छानबिन सुरु भएपछि कुँवरले राजीनामा दिएका थिए । नक्कली शैक्षिक योग्यताको प्रमाण पत्रका आधारमा जागिर खाएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरे जानकारी दिए ।
उनका अनुसार कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी.) अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको भन्दै शैक्षिक प्रमाण पत्र पेश गरेका थिए ।
त्यसका आधारमा ‘राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भइ ओहदा एवं लाभसमेत प्राप्त गरेको’ भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।