काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यवस्तता देखाउँदै माओवादीले आज (बिहीबार) दिउँसो ३ बजेका लागि बोलाएको बैठक स्थगित गरी भोलि शुक्रबारका लागि सारेको हो ।
यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो ।
माओवादीले स्थायी समिति बैठकबाट पूर्वराष्ट्रपति नन्दकिशोर पुन पासाङ र पूर्व प्रदेश प्रमुख अमिक शेरचनलाई फेरि राजनीतिमै सक्रिय बनाएर पदाधिकारी बनाउने निर्णय गर्दैछ ।