Logo
Logo

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी


630
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक जारी छ । बैठक जारी बिहान ११ बजे बस्ने भनिएको बैठक करिव डेढ घण्टा ढिलोगरी सुरु भएको हो ।

पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा जारी बैठकले नेताहरूको कार्य विभाजन र वार्षिक कार्ययोजनाबारे निर्णय गर्नेछ । कार्य विभाजनका लागि अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको सात सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलको प्रस्तावका आधारमा नेताहरूको कार्य विभाजन हुनेछ ।

गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले अहिलेसम्म नेताहरूको कार्य विभाजन गर्न सकेको थिएन ।

जिल्ला र प्रदेश इन्चार्ज, विभाग प्रमुख, आयोग प्रमुखलगायतका विभागीय प्रमुख बन्न नेताहरूमा हानथाप छ । सङ्गठन विभागका लागि नेताहरू राजेन्द्र पाण्डे, बेदुराम भुसाल र घनश्याम भुसालले आकांक्षा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्