काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।
मंसिर २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मुनाफाबाट सेयर धनीहरूलाई कुनै पनि लाभांश (बोनस सेयर र नगद) वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयर धनीहरूको हात खाली हुने भएको छ ।
बैंकले उक्त आर्थिक वर्षको लेखपरीक्षणसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारण सभामा पेस गरेर अनुमोदन गरिने बैंकले जनाएको छ ।