Logo
Logo

तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास


315
Shares

काठमाडौं । तनहुँको आँबुखैरेनीमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँकास्थानीय त्रसित भएका छन् । गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा साँझपख दिनहुँ चितुवा देखिन थालेपछि स्थानीयवासी त्रसित भएका हुन् ।

स्थानीयलाई आक्रमणबाट जोगाउन डिभिजन वन कार्यालयसँगको सहकार्यमा ती स्थानमा खोर राख्ने प्रयास थालिएको वडाध्यक्ष दिनेश केसीले बताए । साथै उनले ती क्षेत्रका स्थानीयलाई सतर्क रहन आगह गरेका छन् । यसअघि चोकचिसापानीमा एउटा खोर राखिएको थियो ।

गत शुक्रबार चोकचिसापानीमा दुईवटा चितुवा देखिएका थिए । एउटा चितुवालाई लामो समयसम्म रुखमा देखिएकोे स्थानीय प्रशन्न अधिकारीले बताए । यसैबीच, वन कार्यालयले राति घरगोठ उज्यालो राख्न, एक्लै नहिँड्न, बच्चा तथा वृद्धको विशेष ख्याल गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्