Logo
Logo

६५ वर्षमा दुलाहा बने सुदूरपश्चिमका मन्त्री


2.4k
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा वैवाहिक बन्धनमा बाँधिएका छन् । ६५ वर्षीय अविवाहित थापाले उमेरमा कञ्चनपुरकी भावना विष्टसँग लगनगाँठो कसेका हुन् ।

नेपाली कांग्रेसका नेता थापाको २०१६ चैत १ गते बैतडीको दशरथ चन्द नगरपालिकामा जन्म भएको थियो । हाल उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा स्थायी बसोबास गर्दै आएका छन् । थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्