Logo
Logo

एआई इन्जिनियरले आत्महत्या गरेपछि श्रीमती र सासु पक्राउ


2k
Shares

काठमाडौं । भारतमा एक एआई इन्जिनियरले आत्महत्या गरेपछि प्रहरीले उनकी पत्नीलाई पक्राउ गरेको छ ।

बेंगलुरु प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इन्जिनियर अतुल सुभाषकी श्रीमती निकिता सिंघानियालाई आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरेको हो ।

सुभाषले सुसाइड नोट लेख्दै आत्महत्या गरेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले निकिता सिंघानियासँगै उनका भाइ र आमालाई पनि पक्राउ गरेको छ ।

निकितालाई हरियाणाको गुरुग्राम र उनकी आमा र भाइलाई उत्तर प्रदेशको प्रयागराजबाट पक्राउ गरी बेंगलुरु ल्याइएको डीसीपी शिवकुमारले बताएका छन् ।

उनीहरूलाई अदालत पेस गरी तीनै जनालाई न्यायिक हिरासतमा पठाइएको छ । मृत्युअघि अतुल सुभाषले २४ पृष्ठको नोट छाडेर एक घण्टा २१ मिनेटको भिडिओ बनाएका थिए ।

जसमा उनले आफ्नी श्रीमती र परिवारका सदस्यले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्