Logo
Logo

बाजुरामा ४ सय ६७ जनाको स्वाब संकलन


नन्दा थापा

0
Shares

  • नन्दा थापा

बाजुरा, २७ जेठ । जिल्लाका नौ वटै स्थानीय तहका क्वारेन्टाइनमा बसेका ४ सय ६७ जनाको स्वाब संकलन गरिएको छ । भारतबाट आएका, आरडीटी पोजेटिभ देखिएका र कोरोना संक्रमित भेटिएको क्वारेन्टाइनमा बसेका शंकास्पद ४ सय ६७ जनाको स्वाब संकलन गरिएको हो ।
स्वाब संकलन गरिएका मध्ये १ सय ५ जना महिला र ३ सय ६२ जना पुरुष गरी ४ सय ६७ जना रहेको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । हाल जिल्लामा २ जना आइसोलेशन बेडमा रहेका छन् । भने एक जना कोरोना संक्रमित उपचार गराईरहेका छन् । यस्तै एक जना २ वर्षकी बालिकाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।
जिल्लामा हाल भिटिएम किटपनि २७ वटामात्र बाँकी छन् । प्राप्त २ सय ५२ वटा खर्च भइसकेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । हालसम्म १ हजार ९ सय ६८ जनाको आरडिटी परिक्षण गरीएको जनाएको छ । जसमा ४ सय ७ जना महिला र १ हजार ५ सय ६१ जना पुरुषको आरडिटी परिक्षण गरीएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
हालसम्म जिल्लामा आइसोलेशन बेडमा बसेका १ सय २७ जना बाहिरिएका छन् । जसमा ९४ जना पुरुष र ३३ जना महिला रहेका छन् । जिल्लामा पछिल्लो केही साता देखि स्थानीय तहले सबै ठाउँमा गरेर १ सय ६७ बेडको आइसोलेशन कक्ष बनाईएका छन् ।
जिल्ला अस्पताल बाजुरामा १२ बेडको आइसोलेशन रहेको छ । भने त्रिबेणी नगरपालिकामा ६० बेड, बुढीगंगा नगरपालिकामा ३५ बेड, खप्तड छेडेदह गाउँपालिकामा ८, गौमुल गाउँपलिकामा १० बडिमालिका नगरपालिकामा ३७ स्वामी कार्तिक खापर गाउँपालिकामा १ हिमाली गाउँपालिकामा २ र बुढीनन्दा नगरपालिकामा २ गरी १ सय ६७ बेडका आइसोलेशन रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

आरडिटी पोजेटिभ २ जनालाई थप उपचारका लागि धनगढी रिफर
आरडीटी जाँचमा पोजेटिभ देखिएका २ जनालाई त्रिवेणी नगरपालिकाले उपचारका लागि धनगढी पठाइएको छ । कैलाशेश्वरी मावि दम्था क्वारेन्टाइमा बसीरहेका ५० वर्षका पुरुष र उनकी श्रीमतिलाई उपचारका लागि धनगढी पठाइएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताएका छन् ।
आरडीटी जाँचमा पोजेटिभ देखिएका ती पुरुषको स्वास्थ्य अवस्थामा समस्या देखिएको छ । स्वास्थ्य अबस्था जटिल बनेपछि उपचारका लागि डडेल्धुरा लगिएको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । ५० वर्षका पुरुषका श्रीमति र सन्तानमा आरडीटी पोजेटिभ देखिएको छ । ती मध्ये सन्तानको शारिरीक अवस्था सामान्य देखिएपनि श्रीमान श्रीमतिमा स्वास्थ्य अवस्थामा समस्या देखिएको त्रिवेणी नगरपालिका स्वास्थ्य शाखाले बताएको छ ।
श्वास फेर्नदेखि अन्य समस्या देखिएको र जिल्लामा उपचार हुन नसक्ने भएपछि डडेल्धुरा लिन सल्लाह गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले बताएका छन् । ती पुरुष भारतबाट आएका थिए । १४ दिन क्वारेनटाइन बसेर आरडिटी जाँचमा पोजेटिभ देखिएपछि पिसिआर जाँच नआएसम्मका लागि क्वारेन्टाइनमै राखिएको थियो ।
पिसिआर जाँचका लागि स्वाब संकलन गर्न प्रदेश सरकारले रोकेपछि उनको स्वाब समेत संकलन गरिएको छैन् । त्रिवेणीमा जिल्ला कै सबैभन्दा बढीमा आरडीटी पोजेटिभ देखिएको छ । सातादिन बितिसक्दा पनि स्वाब संकलन गरिएकाहरुको पनि पीसीआर रिपोट आएको छैन् ।

त्रिवेणीमा थप ३१ जना आरडीटी पोेजेटिभ
त्रिवेणी नगरपालिकामा थप ३१ जनामा आरडीटी पोजेटिभ देखिएका छ । १४ दिनको क्वारेन्टाइनको बास पछि आरडीटी जाँच गर्दा थप ३१ जनामा कोरोना संक्रमण देखिएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताएका छन् । त्रिवेणीमा हालसम्म ६७ जनामा कोरोना संक्रमण देखिएको छ । आज परीक्षण गरेका ५७ जना मध्ये ३१ जनामा पोजेटिभ देखिएको स्वास्थ्य शाखा सहसंयोजक नृप सुनारले बताएका छन् ।
त्रिवेणी नगरपालिका ३ स्थित धलपुरी मावि र मष्टेश्वरी आधारभुत विद्यालयमा बसेका ३७ जना मध्ये २४ जनामा आरडीटी देखिएको छ । यस्तै नर्सिग आधारभुत विद्यालयमा ५ जना मध्ये ३ जना र मष्टेश्वरी मावि क्वारेन्टाइनमा बस्ने १५ जना मध्ये ४ जनामा पोजेटिभ देखिएको छ ।
पोजेटिभ देखिएकामध्ये अधिकांश भारतबाट आएका छन् भने केही धनगढी र महेन्द्रनगरबाट आएकाहरु पनि छन् । उनीहरुलाई पीसीआर जाँच नभएसम्मका लागि क्वारेन्टाइन भित्रको पनि अलग र सुरक्षित स्थानमा राखिएको छ । यस्तै खप्तड छेडेदह गाउँपालिका ४ नम्बर वडामा पनि १ जनामा आरडीटी पोजेटिभ देखिएको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्