Logo
Logo

सुदूरपश्चिम र जनकपुर क्वालिफायरमा, हारका बाबजुद कर्णाली प्लेअफमा


567
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायर सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले खेल्ने भएका छन् । लिगको अन्तिम खेलमा सोमबार सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएपछि प्लेअफको समिकरण तय भएको हो ।

टीयु क्रिकेट मैदानमा कर्णालीले दिएको १०२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २८ बल बाँकि रहदै ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुदूरकालागि दिपेन्द्र ऐरीले सर्वाधिक ३८ र इसान पाण्डेले ३२ रन जोडे । जित सँगै सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने छ ।

यो सँगै पहिलो संस्करणको एनपीएलका शीर्ष ४ टोलीको टुंगो लागेको छ भने बाँकी ४ टोली लिगबाट बाहिरिएका छन् । कर्णालीको हार सँगै जनकपुर सिधै क्वालिफायर्स खेल्ने छ भने काठमान्डु लिग चरणबाटै बाहिरिएको छ । ७ खेलमा ६ जितसँगै सुदूरपश्चिम लिगको अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ ।

कर्णाली तेस्रो स्थानमा रहेर एलिमिनेटर खेल्नेछ । प्लेअफका लागि सुदूरपश्चिम र जनकपुर यसअघि नै छनोट भइसकेका छन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र बनायो ।

कर्णालीका लागि जिशान मक्सुदले ३०, विलियम बोसिस्टोले १६, चाडविक वाल्टनले ११ र सोमपाल कामिले ११ रन बाहेक अरु ब्याटरले दोहोरो रन जोड्न सकेनन् । सुदूरपश्चिमकालागि हरमित सिंहले ३, स्कट कुग्गेलिजन र दिपेन्द्र ऐरीले समान २–२ र सैफ जैबले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्