Logo
Logo

प्रतिक र बेचनलाई छाड्न उच्च अदालतद्वारा अस्वीकार


4.3k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका प्रतिक थापा र बेचन झालाई उच्च अदालत पाटनले छोड्न अस्वीकार गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले ठगी, लिखत किर्ते, राज्यविरूद्ध र संगठित अपराधमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थापा र झालाई छाड्न अस्वीकार गरेको हो । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले भदौ २ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उच्चले पनि जिल्लाकै आदेशलाई सदर गरेको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले जानकारी दिए

झा र थापाले जिल्लाबाट भएको आदेशको पुनर्विचार गर्न भन्दै उच्च अदालतमा निवेदन दिएका थिए । लामो समयसम्म फरार रहँदै आएका उनीहरु गत असार १४ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्