Logo
Logo

यू-१९ एकदिवसीय शृंखलाः हङकङमाथि नेपालको जित


819
Shares

काठमाडौं । नेपालको यू–१९ टोलीले पहिलो एकदिवसीय खेलमा हङ्कङको यू–१९ टोलीलाई तीन विकेटले हराएको छ । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता पनि हासिल गरेको छ ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले ४१ ओभर १ बलमा अलआउट हुनुअघि एक सय १३ रन बनाएको थियो । जवाफी ब्याटिङमा गरेको नेपालले २६.४ ओभरमै सात विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा सिबरिन श्रेष्ठले २३ रनको योगदान गरे । उनले ३० बलमा एक छक्का र तीन चौका पनि प्रहार गरे । सन्तोष यादवले १५ रन बनाए । विकेटकिपर ब्याट्सम्यान दिलसाद अलीले पनि टोलीका लागि अविजित १८ रनको योगदान गरे ।

कप्तान अभिषेक तिवारी भने १० रन बनाउँदै पेभेलियन फर्किए । अपराजित पौडेल नौ रनमा अविजित रहे । उनले आठ बलमा दुई चौका प्रहार गरे । नेपालले अतिरिक्त रुपमा पनि २० रन पाएको थियो । हङ्कङका बलर ड्यानियल म्यापले चार विकेट लिए ।

नेपाल भ्रमणका क्रममा हङ्कङको यू–१९ टोलीले तीनवटा एकदिवसीय खेल खेल्ने कार्यक्रम रहेको छ । दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार खेलिने छ ।

प्रतिक्रिया दिनुहोस्