Logo
Logo

सानिमा रिलायन्सको पुनर्जागरण अभियान सुरु


315
Shares

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमा लेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुटसहितकोे पुनर्जागरण अभियान सुरु गरेको छ ।

उक्त पुनर्जागरण अभियान यही पुस १ गते देखी २४ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमा लेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । 

कुनै पनि बीमा लेख व्यतीत रहँदा बितिमले रक्षा वरण गुमाउनुका साथै विलम्ब शुल्क पनि बेहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बिमा लेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्