Logo
Logo

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा लाइफ ज्याकेट सहयोग


441
Shares

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले फेवा तालमा लाइफ ज्याकेट सहयोग गरेको छ । इन्स्योरेन्सले आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर आज फेवा ताल परिसरमा एक भब्य कार्यक्रम गरी ८५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको हो ।

प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापा र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईूले संयुक्त रुपमा फेवा डुंङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीलाई लाइफ ज्याकेट हस्तान्तरण गरेका छन् ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईूले समाजलाई प्रत्यक्ष लाभ हुने क्षेत्रमा कम्पनीले सहभागिता जनाउँदै आएको र यो पनि विगतको निरन्तरता भएको बताए ।

इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले उपस्थित सबैमा स्वागत मन्तब्य व्यक्त गरे । उनले लाइफ ज्याकेट जस्तो मानिसको जीउज्यानसँग प्रत्यक्ष जोडिने कुरामा कम्पनीले आयोजना गरेको लाइफ ज्याकेट हस्तान्तरण कार्यक्रममा उपस्थित हुन भई कार्यक्रमको शोभा बढाइ दिनु भएकोमा धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्