Logo
Logo

क्यानडाका अर्थमन्त्रीले दिइन् राजीनामा


567
Shares

एजेन्सी । क्यानडाका अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले पदबाट राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री जस्टिन टुँडोलाई पत्र लेख्दै अर्थमन्त्रीबाट राजीनामाको घोषणा गरेकी हुन् ।

उनले आफ्नो राजीनामापत्र सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेका छन् । फ्रिल्यान्डले प्रधानमन्त्री र आफुबीच क्यानडाको भविष्यलाई लिएर केहि समयदेखि मतभेद रहेको राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।

‘शुक्रबार तपाईंले मलाई अब अर्थमन्त्री बनाउन नचाहेको बताउनुभयो र मलाई मन्त्रिपरिषद्मा अर्को पद प्रस्ताव गर्नुभयो । धेरै सोचविचारपछि म मन्त्रिपरिषद्बाटै राजीनामा दिनु नै उपयुक्त हुने निष्कर्षमा पुगेको छु । यो मात्र इमानदार कदम हो,’ उनले भनेकी छन्, ‘विगत केही सातादेखि तपाईं र मबीच क्यानडाको भविष्यलाई लिएर असहमति छ । आज हाम्रो देश गम्भीर चुनौतीको सामना गरिरहेको छ । अमेरिकामा आउने प्रशासनले आक्रामक आर्थिक राष्ट्रवादको नीति अपनाइरहेको छ, जसमा २५ प्रतिशत शुल्क लगाउने धम्की पनि समावेश छ । त्यसलाई गम्भीरताका साथ लिन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्