काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई पार्टीमा ल्याउने तयारी गरेको छ ।
मंगलबारको स्थायी कमिटी बैठकपछि खतिवडाले राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमलाई एकीकृत समाजवादीमा ल्याउनका लागि छलफल भइरहेको बताए ।
गौतमलाई एकीकृत समाजवादीमा ल्याउनका लागि छलफल भइरहेको र गौतम पनि सकारात्मक रहेको उनले बताए । यसका लागि अन्य प्रक्रियाका कामहरु जारी रहेको उनको भनाइ छ ।
उनले भने, ‘वामदेव गौतमसँग कुराकानी भइरहेको छ । उहाँ धेरै सकारात्मक पनि हुनुहुन्छ । पार्टीको एउटा औपचारिक प्रक्रिया पुरा गर्नका लागि संवादलाई अगाडि बढाउने ठाउँमा पुगेका छौँ ।’