Logo
Logo

प्रहरीका सईलाई भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं, २८ जेठ ।
नेपाल प्रहरीका एक सईलाई भ्रष्टाचार मुद्दा चलेको छ । इलाका प्रहरी कार्यालय मसुरीया, कैलालीका सई दिल बहादुर महराविरुद्ध मुद्दा दायर भएको हो ।

झगडा मुद्दा मिलाइदिने भन्दै उनले ५० हजार रुपैयाँ घुस लिएका थिए । बिचौलिया बृख बहादुर धामीमार्फत उनले घुस लिएका थिए । दुवैविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्