काठमाडौं । भक्तपुरमा घरायसी विवादको क्रममा बुबाले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ ।
गएराति भक्तपुर नगरपालिका–२ सहिद स्मृति खेल मैदान नजिकै अछाम कमलनगर नगरपालिका–६ हात्तिबाचका वर्ष ३१ का नरेन्द्र बहादुर शाहीलाई बुबा ६३ वर्षीय दिप बहादुर शाहीले तरकारी काट्ने चक्कुले प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।
नरेन्द्रको उपचारको क्रममा भक्तपुर अस्पतालमा गएराति नै मृत्यु भएको हो । उनको शव पोष्मार्टमको लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा राखिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
मृतकका बुबा दिप बहादुरलाई नियन्त्रणमा लिई घटना सम्बनधमा थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।