Logo
Logo

दुर्गा प्रसाईंको रिट न्यायाधीश पोखरेलको इजलासमा


1.4k
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदैछ । पछिल्लो पटक जिल्ला अदालतले साइवर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

सो रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदातलतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको छ । उनी विरुद्ध जिल्ला अदालत काठमाडौँमा साइबर अपराधको मुद्दा दायर भएको थियो । उक्त मुद्दामा उनी धरौटीमा रिहा गरेको थियो । जिल्लाले धरौटीमा छोडे पनि प्रहरीले दुःख दिने मनसाय राखेर पक्राउ गरेको र म्याद थप गराएको दाबी गर्दै प्रसाइँका छोरा सर्वोच्च पुगेका हुन् ।

निवेदनमा प्रसाईँ क्यान्सर जस्तो गम्भीर रोगको बिरामी भएको तर राज्यले दुःख दिने नियतले एकपछि अर्को आरोप लगाउने गरेकाले २४ घण्टाभित्र अदालत झिकाएर साधारण तारेखमा रिहा गर्न आदेशमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्