Logo
Logo

एनपीएलः जनकपुरले सुदूरपपश्चिमलाई दियो १४० रनको लक्ष्य


315
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सले सुदुरपश्चिम रोयल्सलाई एक सय ४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयु मैदानका टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३९ रन बनायो ।

जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए । शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन् ।

बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ तथा सैफ अली जैबले २ विकेट लिए । त्यस्तै स्कट कुगेलेइन र अविनाश बोहराले समान १ विकेट लिए ।

अहिले सुदूरपश्चिमले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्