Logo
Logo

मुख्यसचिवको कार्यकाल २ र सचिवको ३ वर्ष बनाउने प्रस्ताव


1.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले मुख्य सचिव र सचिवको कार्यकाल कम गर्ने प्रस्ताव गरेका छन् ।

संघीय निजामती विधेयकमा यस सम्बन्धी व्यवस्था हुनुपर्ने उनको प्रस्ताव छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

‘मुख्य सचिवको कार्यकाल २ वर्ष र सचिवको ३ वर्ष बनाऔं,’ सांसद परियारले भने । अहिले जिम्मेवारीमा रहेका केहीलाई कस्तो असर गर्छ भन्ने नहेरी भविष्य हेरेर कानुन बनाउनेतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

सचिवको कार्यकाल पाँच वर्ष रहेको तर कर्मचारी कहिले कहाँ सरुवा हुन्छ भन्ने प्रष्ट नहुँदा मन्त्रालय चाहर्दा हैरानी हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्