काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज सम्पन्न कार्यकारिणी समिति बैठकले सङ्गठन विस्तार अभियान प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई माघ मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो । बैठक शुक्रबार सुरु भएको थियो ।
बैठकले स्थानीय तह उपनिर्वाचनमा मधेश प्रदेशसहित जसपा नेपालले देशैभरिबाट प्राप्त गरेको मत परिणाम सन्तोषजनक रहे पनि पर्याप्त नरहेकाले सङ्गठन निर्माण एवं विस्तार अभियानलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
यस्तै, बैठकले पूर्वपश्चिम राजमार्ग केन्द्रीत सङ्गठनात्मक गतिविधि सञ्चालन र सङ्गठन निर्माणका लागि विशेष साङ्गठनिय कार्ययोजना तयार गर्ने निर्णयसमेत गरेको उनले बताए ।