Logo
Logo

जनयुद्ध तिमी प्रतिबन्धित भएछौँ- जनार्दन


1.5k
Shares

काठमाडौं । सर्वोच्च अदालतले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न आदेश दिएपछि माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले ‘प्रतिबन्ध’ लोकतन्त्रको उपहास भएको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत त्यही सिलसिलामा जनयुद्ध शब्दलाई पनि प्रतिबन्ध गरिएको बताएका छन् ।

‘तिमी प्रतिबन्ध भएको सुनेँ, हुनसक्छ तिमीलाई सामाजिक न्यायको प्रवक्ता बुझेर चिसो छिडीमा सडाउन चहान्छन्। धारालाई तिम्रो प्रतिकुल बनाउनमा आफ्नै आत्मबलको कमी भएको महशुस गरेको छु’, उनले भनेका छन्, ‘तर युगको माग, युवाको दिमाग र प्रविधिको विकाससँगै जनआकाङ्क्षा पूरा गर्न नयाँ स्वरुपमा नयाँ पहिचान बोकेर, पुरानो नाल होइन वेभ बनेर फेरि आउने छौ।’

उनले अगाडि भनेका छन्, ‘देशको आवश्यकता पूरा गर्ने लक्ष्य बोकेर बाँकी अभिभारा पूरा गर्ने सङ्कल्प सहित नयाँ पुस्ताको चाहना अनुसार एआईमा सवार हुनेछौ। प्रतिबन्ध त लोकतन्त्रको उपहास हो। जनयुद्ध तिमी प्रतिबन्धित भएछौ ।’

प्रतिक्रिया दिनुहोस्