काठमाडौं । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त भएका छन् ।
नेपाल विश्वविद्यालयको सर्वोच्च शासकीय निकाय, संरक्षण परिषद्को पहिलो बैठकले डा. लोहनीलाई कुलपतिमा नियुक्त गरेको हो ।
विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार डा. लोहनी ४ वर्षका लागि नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त भएका हुन् । डा. लोहनीले सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदक सहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका छन् ।
त्यस्तै, उनले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् ।