Logo
Logo

पत्रकारलाई सेवाबाट नहटाउन आग्रह


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २९ जेठ । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले कोरोना भाइरसको जोखिमका समयमा अग्रस्थानमा क्रियाशील सञ्चारकर्मीलाई विभिन्न सञ्चारगृहले तलब नदिने तथा सेवाबाट अवकाश दिन थालेकामा चिन्ता व्यक्त गरेका छन् ।
उनले विपद्का अवस्थामा सञ्चारकर्मीको थप सामाजिक सुरक्षा र कोरोना संक्रमणबाट आइसोलेशनमा बसेका सञ्चारकर्मीको उपचारमा विशेष ध्यान दिन समेत सरकासँग आग्रह गरेका छन् । उनले भने, ‘सरकारले स–साना लगानीमा सञ्चालित सञ्चारमाध्यमलाई सहुलियत कर्जा उपलब्ध गराउन माग गर्दछसु ।’ कार्यक्रममा हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवरले २५ बोरा चामल हस्तान्तरण गरेका थिए ।
शाखाले करिब क्रियाशील २५० सञ्चारकर्मीको कोरोनासम्बन्धी स्वास्थ्य बीमा, चामल, दाललगायत खाद्य सामग्री सहयोग गरेको छ । त्यस्तै सुरक्षात्मक सामग्रीहरु मास्क, पञ्जा, ह्याण्ड स्यानिटाइजर, पिपिइ तथा प्रेस ज्याकेट तथा सदस्यहरुको शरीरको तापक्रम नापिरहने प्रबन्ध गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्