Logo
Logo

टिकटकले एउटै स्कुलका दुई जनाको ज्यान लियो


567
Shares

काठमाडौं । तेह्रथुममा टिकटक बनाउने क्रममा खोलामा खस्दा २ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको टिकटक बनाउने क्रममा चिप्लिएर लड्दा मृत्यु भएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका हुन् । खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरु खोलामा बगेका थिए ।

अपराह्न खोलामा बगेका उनीहरुको शव शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिए । शव मृतकका परिवारलाई आइतबार हस्तान्तरण गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्