Logo
Logo

आयल इन्डियाको खानी नजिक आगो फैलिँदै, स्थानीयमा त्रास


- दृष्टि न्युज/संवाददाता

0
Shares

असम, २९ जेठ (एएनआई) । भारतको असम राज्यको तीन सुकिया जिल्लास्थित बागजनमा आगो फैलिँदै गएको छ । सो क्षेत्रलाई अहिले भारतीय सेनाले घेरा हालेको बताइएको छ । उक्त क्षेत्रमा आयल इन्डिया लिमिटेडको खानी रहेको छ । आगलागी अन्यत्र फैलिनबाट रोक्ने उद्देश्यले सेना परिचालन गरिएको हो ।
तीन सुकिया जिल्लाको बागजनमा केही दिनदेखि आगो फैलिएको छ । त्यस आगलागीमा परी बुधबार मात्र दुई जना स्थानीयको ज्यान गएको थियो । उक्त क्षेत्रका कम्तीमा पनि सात हजार नागरिकलाई उद्धार गरेर अन्यत्रै सारिएको छ । आगो फैलँै गएपछि स्थानीयमा त्रास फैलिएको छ । असम सरकारका मन्त्री चन्द्रमोहन पटवरीले उक्त बागजन क्षेत्रको भ्रमण गरेका छन् । बुधबार उनले सो क्षेत्रको भ्रमण गरेर आवश्यक सहयोग उपलब्ध गराउने स्थानीयलाई आश्वासन दिएका थिए । उनले भारतीय आयल इन्डियाका अधिकारीहरुसँग भेटगरी सो क्षेत्रमा आगो निभाउनका लागि सैनिक परिचालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्