Logo
Logo

भूकम्पले बाजुराका १ सय २३ वटा घरमा क्षति


252
Shares

काठमाडौं । शनिबार बिहान गएको भूकम्पबाट बाजुरामा एक सय २३ वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण सङ्कलन भएको छ । ५ दशमलव २ म्याग्नेच्यूडको भूकम्पको केन्द्रबिन्दु रहेको जगन्नाथ गाउँपालिका– ५ गोत्रीमा पूर्ण तथा आंशिक गरी एक सय २३ वटा घरमा क्षति पुगेको हो ।

वडाध्यक्ष गौरी सार्कीले संयोजकत्वमा वडाको बैठक बसेर विवरण सङ्कलन गरिएको थियो । क्षति पुगेका घरको सङ्कलन भएको विवरण सम्बन्धित निकायमा पठाउने निर्णयसमेत भएको उनले बताए । बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भूकम्पले झन्डै डेढ सय घरमा क्षति पु¥याएको र तीमध्ये केन्द्रबिन्दु रहेको वडामा क्षति भएका घरको सङ्ख्या एक सय २३ रहेको बताए ।

बस्नै नमिल्ने घरका मानिसलाई सामान्य क्षति भएका घरमा बस्ने व्यवस्था मिलाउन गाउँपालिका र वडाध्यक्षलाई अनुरोध गरिएको उनको भनाइ छ । प्रभावित नागरिकलाई आवश्यक पाल, त्रिपाल तथा अन्य आवश्यक राहत र सहयोग पु¥याउने काम शुरु भएको छ । देवलकोट माविको शौचालयसहित नौ कोठे भवन र दुधेसिल्ला प्राविको चार कोठे भवन पनि भूकम्पबाट जोखिममा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्