काठमाडौं । बाराको सिमरा विमानस्थलमा कार्यरत एक जना प्रहरीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
जीतपुर सिमरा–१ घर भई सिमरा विमानस्थलमा सुरक्षा गार्डको रूपमा कार्यरत राजकुमार रूम्बाको शव हत्या गरिएको अवस्थामा शनिबार बिहान जीतपुरसिमरा उपमहानगरपालिका–११ दुधौरा खोला पुलनजिक कारभित्र फेला परेको हो ।
बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारभित्र उनको शव भेटिएको इलाका प्रहरीका कार्यालय सिमराका डीएसपी चिरञ्जिबी दाहालले जानकारी दिए । उनको टाउकोमा चोट लागेको छ । तर केले प्रहार गरेको भन्ने खुलेको छैन ।
डीएसपी दाहालका अनुसार रुम्बाले उक्त कार राष्ट्रिय अनुसन्धान विभागका अधिकृत श्रीकान्त तिवारीसँग मागेर चलाएको खुलेको छ । पोष्टमर्टमको रिपोर्टबाट मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।