Logo
Logo

‘रेड सी’मा दुई अमेरिकी लडाकु विमान चालकमाथि गोली प्रहार


एजेन्सी

1.6k
Shares

वासिंगटन । ‘भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडिरहेका समय गोली लागेको अमेरिकी सेनाले जनाएको छ ।

दुवै पाइलटलाई जीवितै उद्धार गरिएको छ तर ‘प्रारम्भिक अनुसन्धानले चालक दलका एक सदस्यलाई सामान्य चोट लागेको सङ्केत गरेको छ’ संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्डले फ्लोरिडाको स्थानीय समयअनुसार शनिबार राति जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले भनेको छ, ‘यो घटना शत्रुतापूर्ण आक्रमण थिएन तर यसको पूर्ण अनुसन्धान भइरहेको छ ।’

सेन्टकमका अनुसार निर्देशित क्षेप्यास्त्र क्रुजर युएसएस गेटिसबर्गले ‘भूलवश एफ÷ए–१८’ लडाकु विमानमा प्रहार गरेको थियो । यमनका हुथी विद्रोहीहरूले रेड सी र एडेनको खाडीमा इजरायली संलग्नता भएका व्यापारिक जहाजहरूलाई बारम्बार निशाना बनाउने गरेकाले सम्भावित विनाशकारी गल्तीले संयुक्त राज्य अमेरिका एक वर्षभन्दा बढी समयदेखि संलग्न मिसनको खतरालाई औंल्याउँछ ।

इजरायलको व्यापारिक केन्द्र तेल अभिवमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहारबाट मानिस घाइते भएको केही घण्टापछि संयुक्त राज्य अमेरिकाले शनिबार यमनको विद्रोहीको नियन्त्रणमा रहेको राजधानी यमनको लक्ष्यमा आक्रमण गरेको बताएको थियो ।

अमेरिकी सेनाले रेड सीमा हुथी ड्रोन र जहाजभेदी क्रुज क्षेप्यास्त्र पनि खसालेको छ । सन् २०२३ को अक्टोबर ७ देखि इजरायल र हमासबीच युद्ध जारी रहेको गाजामा हुथी विद्रोहीले प्यालेस्टिनीप्रति ऐक्यबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्