Logo
Logo

रवि पत्नी निकिता पनि प्रतिवादी, सम्पत्ति जफत गर्न माग


1.5k
Shares

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेललाई पनि प्रतिवादी कायम गरिएको छ ।

सरकारी वकिलको कार्यालय कास्कीले निकितालाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । सम्पत्ति जफत प्रयोजनको लागि उनीसहित ५ जनालाई प्रतिवादी कायम गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीका प्रमुख कमला काफ्लेले जानकारी दिए ।

जसमा निकितासँगै पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको छ । लामिछानेले सहकारी ठगी गरेको रकम निकिताको खातामा जम्मा गरेको अभियोग छ । निकिताका नाममा भएको सम्पत्ति समेत जफत गर्न माग गरिएको छ ।

सरकारी वकिलले गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रवि लामिछानेसहित ३१ जनाविरुद्ध ३ वटा संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्