Logo
Logo

रवि लामिछानेविरुद्ध ३१ करोड २६ लाख बिगो दाबी


3.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध तीन कसुरमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा मुद्दा दर्ता गरेको हो ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार रविविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाखको विगो मागदाबी गरिएको छ ।

सरकारी वकिल कार्यालयले अदालतमा लगेको अभियोगपत्रमा रविविरुद्ध सहकारी ठगी मुद्दामा भने ३ करोड ३७ लाखको विगो मागदाबी गरिएको छ ।

सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दालाई बेस मानेर संगठित अपराधमा छुट्टै मागदाबी गरिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेको हकमा भने सहकारी ठगीमा पाँच करोड २६ लाख र सम्पत्ति शुद्धीकरणमा १४ करोड ३४ लाख रूपैयाँको विगो मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्