काठमाडौँ । नेकपा एमाले निकट नेपाल प्रगितशिल प्राध्यापक संगठनका अध्यक्ष प्राडा बेदराज केसी पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले केसीलाई उपकुलपति नियुक्त गरेका हुन् । उपकुलपतिका लागि १५ जनाको आवेदन परेको थियो । तिमध्ये १२ जनाको आवेदन स्वीकृत भएको थियो ।
त्यस्तै, नेपाल संस्कृत विश्वविद्यालयमा प्राडा धनेश्वर नेपाल नियुक्त भएका छन् । नेपाल संस्कृत विश्वविद्यालयका लागि १३ जनाको नाम स्वीकृत भएको थियो ।