Logo
Logo

जलेश्वर कारागारमा थुनुवाको मृत्यु


504
Shares

काठमाडौं । महोत्तरीको जलेश्वर कारागारमा रहेका एक युवकको मृत्यु भएको छ । लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशान सुनुवारको उपचारका क्रममा मृत्यु भएको हो ।

महोत्तरी जिल्ला अदालतको आदेश अनुसार उनलाई गत असार २१ गते पुर्पक्षका कारागार पठाइएको थियो । आइतबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको जलेश्वर कारागारका सूचना अधिकारी रबिनचन्द्र ठाकुरले जानकारी दिए ।

ठाकुरका अनुसार सात महिनादेखि पुर्पक्षका लागि कारागारमा रहेका सुनुवारको आइतबार बिहान करिब ८ बजे अचानक स्वास्थ अवस्था बिग्रिएपछि तत्कालै उपचारको लागि अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा सवा नौ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतक सुनुवारको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्