Logo
Logo

माओवादीले माग्यो लेखा समिति सभापति ऋषिकेशको राजीनामा


4.1k
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।

सोमबार सिंहदरबारमा बसेको लेखा समिति सभापतिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सभापति पोखरेलको राजीनामा मागेका हुन् ।

सांसद मोदीले सहकारी ठगी प्रकरणमा परिवार जोडिएको र लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनु पर्ने भन्दै उनको राजीनामा माग गरेका हुन् । ‘सभापतिज्यू माथि प्रश्न छ । सहकारीको विषय तपाईंको परिवारमा जोडिएको छ । प्रश्न उठेपछि यसको बारेमा तपाईंले जवाफ दिनुपर्छ’, उनले बैठकमा भने ।

सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्