काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवहाक सभापति डीपी अर्यालले पाएका छन् । सोमबार जुममार्फत बसेको सचिवालय बैठकले उसपभापति अर्याललाई कार्यवाहक सभापति बनाइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बनमा पर्ने भएका छन् ।
रास्वपले संसदीय दलको नेता भने तोकिएको छैन । अहिले उपनेता विराजभक्त श्रेष्ठकै अध्यक्षतामा दलको बैठक बस्ने बुर्लाकोटीले बताए ।