काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले समिति सभापति ऋषिकेश पोखरेलमाथि आरोप लाग्दैमा त्यसैलाई अन्तिम सत्य मान्ने नभई अदालतको फैसलालाई मान्ने बताएका छन् ।
सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा उनले भने, ‘सभापतिको श्रीमतीको विषयमा प्रश्न आएका छन् । जसको बारेमा प्रश्न उठेको छ, उसले कानुनको सामना गर्न हिच्किचाउँदैन भन्ने मान्यता एमालेले राख्छ ।
सभापति ऋषिकेश पोखरेलको बचाउ गर्दै उनले भने, ‘सभापति दोषी हुनुहुन्छ भन्ने तरिकाले व्यक्तिगत हमला नगरौँ । व्यक्तिगत मानमर्दन गर्नेगरी लाञ्छना लाउन हुँदैन । यदि उहाँ दोषी देखिनु भयो भने पदमा बसिरहन हुँदैन । कानुनी राज नै अन्तिम सत्य हो ।’