Logo
Logo

मुक्तिनाथ विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने


567
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकको साधारण सभा पुस २९ गते पोखराको बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा बस्ने भएको छ । 

बैंकको मंसिर ७ गते बसेको सञ्चालक समिति बैठकले अग्राधिकार सेयर जारी गर्न नियमनकारी निकायबाट स्वीकृति लिने प्रस्ताव पारित गर्न पुस २९ गते सभा बस्ने निर्णय गरेको हो ।

बैंकका अनुसार उक्त सभाले १०० रुपैयाँ अंकित दरले १ अर्ब रुपैयाँ बराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न नियमनकारी निकायबाट स्वीकृति लिने विशेष प्रस्ताव पारित गर्नेछ ।

अग्राधिकार सेयर जारीपछि हाल कायम चुक्तापुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९.८ रुपैयाँबाट वृद्धि गरी ८ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९.८ रुपैयाँ कायम गर्ने प्रस्ताव सभाले अनुमोदन गर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार सभामा हाल कायम अधिकृत पुँजी ८ अर्ब रुपैयाँबाट वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्‍याउने र सोहीबमोजिम प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्