Logo
Logo

नेकपा एससँग एकता गर्न वामदेव गौतमले बनाए वार्ता समिति


8.1k
Shares

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा एकीकृत समाजवादीसँग एकता गर्न वार्ता समिति गठन गरेको छ । महासचिव डीबी कार्कीको नेतृत्वमा तीन सदस्य वार्ता समिति बनाएको हो ।

‘मेरै नेतृत्वमा सचिव भगवती विष्ट र स्थायी कमिटी सदस्य लोकनाथ धमला रहेको वार्ता समिति अध्यक्षले बनाउनुभएको छ’ महासचिव कार्कीले भने, ‘हाम्रो तर्फबाट बनेको वार्ता समितिको जानकारी भोलि दिँदैछु ।’

यो वार्ता समितिले पार्टी एकताको सैद्धान्तिक–राजनीतिक र संगठनात्मक एकीकरणको विषय टुंग्याउने उनले बताए । एकीकृत समाजवादीका तर्फबाट भने वार्ता समिति बनेको छैन ।

गौतमले आफू नेतृत्वको अभियानलाई एकीकृत समाजवादीसँग एकता गर्ने सहमति जनाएपछि वार्ता समिति गठनको प्रक्रिया अगाडि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्