Logo
Logo

लेखा समिति सभापति ऋषिकेश पोखरेलले मागे ‘फरार श्रीमती’को बिदा


5.3k
Shares

विराटनगर । मोरङको कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा फरार रहेकी अञ्जला कोइरालाको स्कुल बिदा थपको निवेदन उनका श्रीमान् ऋषिकेश पोखरेलले पठाएका छन् ।

संघीय संसदको सार्वजनिक लेखा समिति सभापति पोखरेलले श्रीमतीको नामको निवेदन विद्यालयका प्रधानाध्यापक झङ्कनाथ पराजुलीलाई पठाएका हुन् । कोइराला विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका हुन् ।

यसअगाडि गत मंसिर २७ गते अञ्जला विद्यालयमा हाजिर भएकी थिइन । प्रअ पराजुलीका अनुसार उनले मंसिर २८ गते शुक्रबार हाजिर गरेर विद्यालय उपस्थित छैनन् । ‘बिरामी बिदा’ भन्दै प्राप्त निवेदनमा बिदाको अवधि भने खुलाइएको छैन ।

उनीसहित २६ जनालाई प्रतिवादी बनाएर सहकारी ऐन अन्तरगत मुद्दा दायर भएपछि कोइराला विद्यालयबाट बिदा लिएर बसेकी थिइन् ।

सांसद पत्नी कोइराला, रंगेली नगरपालिका–२ का अध्यक्ष ४३ वर्षीय संतलाल खवास, सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलगायत २६ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा २७ मंसिरमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्