Logo
Logo

बेवारिसे पुरुषको शवमा कोरोना पुष्टि


- दृष्टि न्युज/संवाददाता

0
Shares

पर्सा, ३१ जेठ । वीरगन्ज घण्टाघरनजिकै बेवारिसे पुरुषको शवमा कोरोना पुष्टि भएको छ । शुक्रबार राति गत जेठ २८ गते बेवारिसे अवस्थामा भेटिएको एक पुरुषको शव र अन्य ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जेठ २८ गते बेवारिसे अवस्थामा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।
यस्तै, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वीरगन्जको कन्टी इन होटलको क्वारेन्टिनमा बसेका २ र संखुवा प्रसौनी गाँउपालिकाको क्वारेन्टिनमा बसेका ३ जनामा पनि शुक्रबार राति संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्