Logo
Logo

‘तोरी लाउरे’ सरकार


35.8k
Shares

राजनीतिमा सिद्धान्त र विचारप्रति प्रतिबद्ध र देश निर्माणमा दूरदर्शी भएनभने जतिसुकै भारी बहुमतको सरकार बने पनि त्यसको नेतृत्व ‘तोरी लाउरे’ बन्छ भन्ने कुरा अहिलेको सरकारले पुष्टि गरेको छ ।

२०७४ सालमा केपी शर्मा ओली दुई तिहाइको जगमा प्रधानमन्त्री हुँदा उनमा जुन ऊर्जा र उत्साह थियो, त्यो अहिले मर्दै गएको छ । ०७४ सालमा माओवादी–एमाले गठबन्धन हुँदा आम जनतामा एक प्रकारको उत्साह थियो र ओलीले केही गर्लान् भन्ने आशा पनि ।

किनभने, माओवादीसँगको गठबन्धन सिद्धान्त र विचारमा आधारित थियो । एक प्रकारले भन्ने हो भने माओवादी–एमाले गठबन्धन कम्युनिष्ट आन्दोलनको विजय यात्रा थियो । अन्तर्राष्ट्रिय जगतले पनि त्यही आधारमा सरकारसँग व्यवहार गरेको थियो ।

अहिलेको गठबन्धन दुई फरक राजनीतिक विचार बोकेका पार्टीहरू बिचको सरकार हो । यो सरकार किन र केका लागि बनेको हो भन्ने कुरा प्रष्ट छैन । जसका कारण चौथो पटक प्रधानमन्त्री बन्दा ओली निरीह देखिएका मात्रै छैनन्, आफ्नो दिनगन्ती आफैले गन्दै हिँड्नु परिरहेको छ । कांग्रेससँगको गठबन्धन ओलीलाई असहज बनेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणबाट जोगिन मात्र आरजु राणा देउवाले ओलीलाई शिखण्डी बनाएका हुन्, प्रधानमन्त्री होइन ।

अब ओलीले चाहेर पनि केही हुँदैन । तर, देउवाले चाहे भने उनी एक मिनेटमै पदमुक्त हुनेछन् । यति कमजोर जगमा उभिएका प्रधानमन्त्रीबाट धेरै कुराको आशा गर्नु व्यर्थ हो । त्यसैले होला उनले दिनगन्ती सुरु गरेर देउवालाई थामथुम पार्ने कोसिस गर्दै छन् । देशको प्रधानमन्त्री जस्तो व्यक्ति यतिसम्म कमजोर मानसिकता बोकेर हिडेपछि छिमेकी देशले पनि दिनगन्ती सुरु किन नगरोस् ?

अब ओलीले चाहेर पनि केही हुँदैन । तर, देउवाले चाहे भने उनी एक मिनेटमै पदमुक्त हुनेछन् । यति कमजोर जगमा उभिएका प्रधानमन्त्रीबाट धेरै कुराको आशा गर्नु व्यर्थ हो । त्यसैले होला उनले दिनगन्ती सुरु गरेर देउवालाई थामथुम पार्ने कोसिस गर्दै छन् । देशको प्रधानमन्त्रीमा यतिसम्म कमजोर मानसिकता भएपछि छिमेकी देशले पनि दिनगन्ती सुरु किन नगरोस् ?

यो गठबन्धन बनेदेखि एकथरी सरकार ढाल्ने खेलमै लागेको छ । कम्युनिष्ट–कम्युनिष्ट बिच फाटो ल्याउने प्रयत्न पनि भइरहेको छ । त्यसको पछिल्लो उदाहरण प्रचण्डलाई हटाएर ओली प्रधानमन्त्री बन्नु हो । अवसरवादी, सिद्धान्तविहीन राजनीतिको फोहोरी खेलमा जे पनि सम्भव छ ।

तर, कम्युनिष्ट पार्टीहरू नै यो फोहोरी खेलमा डुबल्की मार्नु देश र जनताका लागि धोका हो । पात्र र प्रवृत्ति उही नै हो, फरक सत्ता गठबन्धन मात्र हो । त्यही कम्युनिष्ट नेता कांग्रेससँग मिल्न हतारो गर्छन्, कम्युनिस्टसँग मिल्न नाक खुम्च्याउँछन् । त्यसैको फाइदा कम्युनिष्ट विरोधी शक्तिले उठाउँदै आएको छ । र, कम्युनिष्ट आन्दोलन निरन्तर ओरालो लाग्ने अवस्थामा पुगेको छ । यसको छिनोफानो ०८४ ले गर्ने नै छ ।

यो पुस महिना हो । पुस ५ गते के घटना भएको थियो भन्ने कुरा सबैले बिर्सिसके । प्रतिगमनविरुद्ध हिजो एकजुट भएका पार्टी आज प्रतिगामीसँगै गठबन्धन गर्दै छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेबाट विद्रोह गरेको पार्टी सडकमा अलपत्र छ ।

हिजो कांग्रेससँग गठबन्धन गर्दा हात पारेको १० सिट पनि ८४ मा उम्किएला कि भन्ने चिन्ता छ । एकतामा कति ठूलो बल हुन्छ भन्ने कुरा ०७४ सालको परिणाम साक्षी छ । एमाले–कांग्रेसले पनि एक्ला एक्लै चुनाव लड्ने घोषणा गरिसके । अब ०७४ साल फर्काउन कम्युनिष्ट पार्टीहरू बिच सहकार्यको विकल्प छैन ।

त्यसको सुरुवात दिनगन्तीबाट होइन, कम्युनिस्टहरू बिच हार्दिकता र सहकार्यबाट गर्नुपर्छ । कांग्रेसको पुच्छर समाएर बैतर्नी तर्नुभन्दा मिसन ८४ लाई केन्द्रविन्दुमा राखेर आजैदेखि वाम गठबन्धन सरकारको अभ्यास थाल्नुपर्छ । अनि मात्रै छिमेकीले पनि पत्याउँछ । होइन भने छिमेकीले पनि ‘तोरी लाउरे’ सरकारलाई किन भाउ दिन्छ ?

प्रतिक्रिया दिनुहोस्