काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।
बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जानकारी दिए । एमालेले पुसभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ ।
अब बस्ने केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ । त्यस्तै, पार्टीको सांगठनिक कामको पनि समीक्षा गरिने प्रचार विभाग प्रमुख गौतमले बताए ।
त्यसैगरी, वार्षिक कार्ययोजनाअनुसार काम भए, नभएकोबारे समीक्षा गर्नेछ । यसका अतिरिक्त सरकारको कामको पनि मूल्यांकन हुने नेताहरुले बताएका छन् ।