Logo
Logo

जम्मूमा १८ जना सवार भ्यान दुर्घटना हुँदा ५ सैनिकको मृत्यु


504
Shares

काठमाडौं । भारतको जम्मू कश्मीरमा सेनाको भ्यान दुर्घटना हुँदा ५ सैनिकको मृत्यु भएको छ ।

मंगलबार साँझ नियन्त्रण रेखा (एलओसी) तर्फ गइरहेका मराठा रेजिमेन्टका १८ सैनिक सवार भ्यान जम्मूको पुन्चमा ३५० फिट गहिरो खाडलमा खस्दा ५ जनाको मृत्यु भएको हो ।

बलनोई क्षेत्रको घोडा पोष्ट नजिक चालकले नियन्त्रण गुमाउँदा भ्यान दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

घटनास्थलबाट १३० मिटर मात्र टाढा सेनाको पोष्ट थियो । यसअघि पनि केही दिन अघि सेनाको भ्यान दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्