एजेन्सी । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा आयोजित एक पत्रकार सम्मेलनमा गोली चल्दा तीन जनाको ज्यान गएको छ ।
हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा एक गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
उक्त गोलीकाण्डमा कैयौँ घाइते भएको बताइएको छ । यो सार्वजनिक अस्पताल जुलाईअघि हिंसात्मक समूहले कब्जा गरेको थियो ।