काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
नेपाल कृषि सेवाका एक र नेपाल वन सेवाका एक गरेर दुई जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।
बढुवा समितिको मंगलबार बसेको बैठकले उपसचिव डा.संजय कुमार यादव र अजीत कुमार कर्णलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।