Logo
Logo

लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टिजबीच व्यावसायिक सम्झौता


378
Shares

काठमाडौं । लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टिज प्रालिबीच २०८१ पुस ८ गते व्यावसायिक सम्झौता भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र लिजेण्ड प्रोपर्टिजका तर्फबाट उपाध्यक्ष पूर्णबहादुर लिम्बूले उक्त सम्झौतमा हस्ताक्षर गरी आगामी दिनमा एकअर्कालाई व्यावसायिक रुपमा सहकार्य गर्नेगरी सम्झौता गरिएको छ ।

सम्झौताअनुसार लिजेण्डले सरकारी मापदण्ड पूरा गर्दै शहरी विकास मन्त्रालयअन्तर्गतको उपत्यका विकास प्राधिकरण र स्थानीय निकायसँग स्वीकृति प्राप्त गरी विभिन्न ठाउँमा व्यवस्थित एवं योजनाबद्घ रुपमा विकास गरी बिक्रीका लागि राखिएका जग्गा तथा निर्माण गरिएका आवासीय घर खरिद गर्ने ग्राहकलाई लुम्बिनी विकास बैंकले आफ्ना शाखा कार्यालयहरुमार्फत सुलभ व्याजदर तथा सरल प्रकृया मार्फत आवाश कर्जा उपलब्ध गराउने भएको छ ।

लिजेण्ड प्रोपर्टिजले हाल काठमाडौं उपत्यकाभित्र, भक्तपुरको पलासे, सिपाडोल, चाँगुनारायण नगरपालिकाको कलामशे, काठमाडौंको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा गरी विभिन्न स्थानमा आफ्नो आयोजना विस्तार गरिरहेको छ ।

त्यसैगरी देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकका विभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । बैंकले ‘निरन्तर सहयात्रा’ नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरुको आवश्यकतानुसार सेवा दिने उद्देश्यले बैंकले बिभिन्न प्रकारका निक्षेप खाता तथा सरल सुलभ तरिकाले विभिन्न प्रकारका कर्जा सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्