Logo
Logo

बंगलादेशले फेरि भन्यो- शेख हसिनालाई फिर्ता पठाउ


252
Shares

काठमाडौं । बंगलादेशले भारतमा शरण लिएर बसेकी पूर्वप्रधानन्त्री शेख हसिनालाई फिर्ता गर्न भारतलाई फेरि आग्रह गरेको छ ।

बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले हसिनालाई भारतबाट फिर्ता ल्याउनु सरकारको प्राथमिकता रहेको भन्दै सरकारले उनको फिर्ताका लागि भारतलाई पुनः अनुरोध गरेको जानकारी दिए ।

आलमले भने, ‘सरकारले बंगलादेशको कानुन अनुसार हसिनालाई जतिसक्दो चाँडो फिर्ता ल्याउन काम गरिरहेको छ ।’
बंगलादेशले भारतसँग शेख हसिनालाई सुपुर्दगी गर्न माग गरेको हो ।

बंगलादेशको विदेश मन्त्रालयका सल्लाहकार मोहम्मद तोहेद हुसेनले हालै शेख हसिनालाई न्यायिक प्रक्रियामा सामेल हुन फिर्ता पठाउनुपर्ने बारे भारतलाई कुटनीतिक नोट पठाएका थिए ।

गत अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि ७७ वर्षीया हसिना भागेर भारत पुगेकी थिइन् । भारत पलायन भएसँगै उनको १६ वर्ष लामो शासन अन्त्य भएको थियो । त्यसयता उनी भारतमा निर्वासित जीवन बिताइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्