Logo
Logo

ईसेवाले भन्यो- हाम्रो सिस्टम ह्याक भएको छैन, भ्रमको पछि नलाग्नुस्


756
Shares

काठमाडौं । डिजिटल वालेट सेवा प्रदायक ईसेवाले ईसेवाबाट रकम चोरी भएको तथा रकम असुरक्षित रहेको जस्ता समाचारहरूको खण्डन गरेको छ । भ्रामक र आधारहीन समाचारहरू आएपछि विज्ञप्ति जारी गर्दै ईसेवाले त्यसमा सत्यता नभएको जनाएको हो ।

केही अनलाइन समाचार पोर्टलमा ईसेवाको सिस्टम ह्याक भएर रकम चोरी भएको दाबीसहित प्रकाशित समाचाहरूले प्रयोगकर्ताहरूमा अनावश्यक त्रास र भ्रम सिर्जना भएकोमा ईसेवाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ईसेवाको १६ वर्षको इतिहासमा ईसेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको कम्पनीको भनाइ छ । ईसेवालगायत नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरू तथा मर्चेन्टहरूको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था नरहेको ईसेवाले स्पष्ट पारेको छ ।

भुक्तानी तथा फर्स्योट ऐन, २०७५ अनुसार, ईसेवाजस्ता डिजिटल वालेटहरूको कुनै ‘क’ वर्गको वाणिज्य बैंकमा सेटलमेन्ट खातामा हुनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार, प्रयोगकर्ताको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैंक खातामा जम्मा हुन्छ । यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित हुने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्