काठमाडौं । विद्युतीय सवारी निर्माता कम्पनी बिवाइडीले पर्यटकीय नगरी पोखरामा ‘एम ६’ इभी सार्वजनिक गरेको छ । बिवाइडीको नेपालका लागि आधिकारीक वितरक साइमेक्स इंकले बीवाईडी एम ६ नेपालमा पहिलोपटक पोखरामा सार्वजनिक गरेको हो ।
विद्युतीय सवारी निर्माता कम्पनी बिवाइडीले मंसिर अन्तिममा उक्त ‘एम सिक्स’ गाडीको बुकिङ खुला गरेको थियो । सात सिटे यस गाडीको प्रारम्भिक मुल्य ६० लाख १५ हजार रहे पनि बुकिङ गर्ने ग्राहकलाई एक लाख ५० हजार नगद छुट दिएको थियो । विशेषगरी पर्यटन व्यवसायीको रोजाइमा परेको यो गाडी पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त रहेको साइमेक्कसले जनाएको छ ।
कम्पनीका अनुसार कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटीसहितको सात सिटे प्रिमियम ‘एम सिक्स’ इभीमा प्यानोरामिक ग्लास रुफ र ५८० लिटरसम्मको फ्लेक्जिबल लगेज क्यापासिटी छ । एक सय किलोवाट हाइ–पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटर (डब्लुएलटीसी) सम्मको रेन्ज दिने भएकाले ड्राइभ र लङ रुट यात्राका लागि ‘एम सिक्स’ उपयुक्त रहेको कम्पनीले जनाएको छ ।
गाडीमा एक सय १५ किलोवाटको फास्ट चार्जिङ सपोर्टबाट ३७.४ मिनेटमै फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । गाडीमा ६ एयर ब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सरजस्ता एड्भान्स सेफ्टी फिचरसमेत रहेको छ ।
एम ६ मा १२.८ इन्चको रोटएबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बिवाइडीको लेभल २ एडभान्स टेक्नोलोजीलगायतका नयाँ प्रविधि यस इभीमा जडान भएकोले यसप्रति ग्राहक आकर्षित भएका हुन् ।
पर्यटकीय नगरी पोखरा बिवाइडीमय बनेको छ । पुस १४ गते अन्तर्राष्ट्रिय बेलुन महोत्सवको शुभारम्भसँगसँगै बिवाइडीले पोखरामा नयाँ ‘एम सिक्स’ इभी सार्वजनिक गरेको हो ।
पोखरा पर्यटकीय नगरी भएका कारण पोखराका पर्यटन व्यवसायीहरु इभीप्रति आकर्षित भएका छन् । त्यसमाथि बिवाइडीले ‘इ सिक्स’को नयाँ भर्सन ‘एम सिक्स’ पर्यटकहरुको सुविधालाई ध्यानमा राखेर बजारमा ल्याएपछि पोखराका व्यवसायीहरु बिवाइडीको ‘एम सिक्स’प्रति आकर्षित भएका हुन् ।
पोखराका पर्यटन व्यवसायीहरु वातावरणप्रति अति संवेदनशील भएका कारण इभीप्रति बढी रुचि राख्ने गरेका छन् । सात सिटको नयाँ ‘एम सिक्स’ पर्यटकहरुको रोजाइमा पर्ने विश्वास बिवाइडीको आधिकारिक विक्रता साइमेक्स इंकले लिएको छ ।
विश्व प्रसिद्ध ब्राण्ड बिवाइडी नेपालमा सर्वाधिक मन पराइएको ब्राण्ड हो । बिवाइडीको ‘अटो थ्रि’ले काठमाडौंको सडक ढाकेको छ । त्यसैगरी ‘डल्फिन’प्रति पनि उत्तिकै आकर्षण बढेको छ ।